दुर्गा प्रसाईंले ‘केन्द्रीय सदस्यमा उठ्छु आशीर्वाद चाहियो’ भन्दा मुस्कुराए ओली

दुर्गा प्रसाईंले ‘केन्द्रीय सदस्यमा उठ्छु आशीर्वाद चाहियो’ भन्दा मुस्कुराए ओली
+
-

चितवन – दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्यमा निर्वाचन लड्ने घोषणा गरेका छन्।

एमाले स्थायी समितिबाट महाधिवेशन प्रतिनिधिमा मनोनीत भएका प्रसाईंले शुक्रबार बिहान एमाले केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेका हुन्।

सञ्चारकर्मीहरुसामु आफ्नो उम्मेदवारी घोषणा गरेपछि उनी एमाले अध्यक्ष केपी शर्मा ओली बसेको सौराहास्थित पार्क सफारी रिसोर्ट पुगेर ओलीसँग जीतको आशीर्वाद माग्न पुगेका थिए।

उनले रिसोर्टको बार्दलीमा बसेका अध्यक्ष ओलीलाई सम्बोधन गर्दै भने, ‘म केन्द्रीय सदस्यमा उठ्दैछु, आशीर्वाद चाहियो हजुरबा।’

प्रत्युत्तरमा कुनै जवाफ नदिएका ओली मुस्कुराएमात्रै। ओलीले हात उठाउँदै प्रसाईंको नमस्कारको प्रत्युत्तरमा मुस्कान दिएका हुन्। ओलीको हात उठाइलाई केन्द्रीय सदस्यका आकांक्षी प्रसाईंले आशीर्वाद दिएको अथ्र्याएका छन्।

केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै उनले युवाहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्ने आफ्नो एजेन्डा रहेको सुनाए। प्रसाईंले आफू एक्लैले ३०० बढीलाई रोजगारी दिइरहेको प्रसंग उल्लेख गर्दै युवाहरुलाई देशमै राख्ने वातावरण निर्माण गर्नुपर्ने आफ्नो मुद्दा रहेको बताएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?