विदेशी मुद्रासहित एक जना पक्राउ

विदेशी मुद्रासहित एक जना पक्राउ
+
-

गण्डकी – कास्की प्रहरी टोलीले एक लाख ९४ हजार २०० अमेरिकी डलरसहित एक व्यक्तिलाई शुक्रबार पोखरामा पक्राउ गरेको छ। काठमाडौंबाट पोखरा आउँदै गरेको माइक्रोबसबाट उक्त रकमसहित प्रहरीले मुस्ताङ जिल्लाको लो घेकर दामोदर कुण्ड घर भई पोखराको शिवालय चोकमा बस्दै आएका ४२ वर्षीय छिरिङ डुन्डुक गुरुङलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बरामद गरेको उक्त अमेरिकी डलरको नेपालीमा दुई करोड ३२ लाख ६ हजार हुन्छ । निजको साथबाट प्रहरीले नागरिकता, चेकबुक एक थान र दुई थान मोबाइल पक्राउ गरेको प्रहरीले जनाएको छ। विगतको गतिविधिका आधारमा काठमाडौँबाट ठूलो मात्रामा डलर लिएर गाडीमार्फत पोखरा आउने र हवाईजहाज चढेर काठमाडाैँ जाने गरेको खुलेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

डलर बोकेर आएको भन्ने गोप्य सूचनाका आधारमा गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय हंशपुर र गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष