सुवास नेम्बाङलाई वरिष्ठ उपाध्यक्ष बनाउन ओलीलाई जनजाति नेताहरुको दबाब

सुवास नेम्बाङलाई वरिष्ठ उपाध्यक्ष बनाउन ओलीलाई जनजाति नेताहरुको दबाब
+
-

सौराह – नेता सुवास नेम्वाङलाई जसरी पनि वरिष्ठ उपाध्यक्ष बनाउन एमालेभित्रका जनजाति नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिएका छन्।

नेता नेम्वाङले पनि आफूले तमाम गाली सहरे विगतमा साथ दिएको र केही पनि नमागेकाले वरिष्ठ उपाध्यक्ष पाउनुपर्ने ओलीसँग अडान लिइरहेका छन्।

नेता नेम्वाङले शनिबार राति ओलीसँगको भेटमा ‘अहिलेसम्म जनजाति भनेर मैले केही मागेको छैन। गाली सहरे साथ दिएँ। अहिले आएर वरिष्ठ उपाध्यक्ष दिन नहुने कारण के छ?’ भनेर प्रश्न गरेको उनी निकट स्रोतले जानकारी दिएको छ।

नेता नेम्वाङ ओली बसेकै पार्क सफारी होटलको कोठा नम्बर १०१ मा छन्। आइतबार बिहान जनजाति नेताहरु नेम्वाङको कोठामा भेला भएर त्यहाँ छलफल गरी ओलीलाई भेट्न गएका थिए। उनीहरुले जसरी भए पनि नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने माग गरेका छन्।

जनजाति नेताहरुले दुई वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेर भए पनि नेम्वाङलाई समेट्नुपर्ने भन्दै ओलीलाई दबाब दिएका छन्।

वरिष्ठ उपाध्यक्षका लागि ईश्वर पोखरेलको पनि दाबी छ। यस्तै अध्यक्षमा दाबेदारी दिएका नेता भीम रावलले सर्वसम्मत वरिष्ठ उपाध्यक्ष पाए अध्यक्षको होडबाट बाहिरिने संकेत गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?