प्रधानमन्त्री देउवालाई ज्यापु दिवसको ‘ग्वय्दां’ हस्तान्तरण

प्रधानमन्त्री देउवालाई ज्यापु दिवसको ‘ग्वय्दां’ हस्तान्तरण
+
-

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा आदिवासी जनजाति ज्यापु समुदायको ठूलो योगदान रहेको बताएका छन्।

१८औँ ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) हस्तान्तरण गर्न प्रम निवास पुगेका समतिका पदाधिकारीहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन्।

निमन्त्रणा दिन पुगेका ज्यापु समुदायलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले विभिन्न समुदायले आफ्नो भाषा, भेषभुषा, सम्पदा, संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिए।

यही आउँदो पुस ४ गतेका दिन बसन्तपुरमा भव्यका साथ मनाउन गइरहेको ज्यापु दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथिका लागि निमन्त्रणास्वरुप बाजागाजासहति माटोको भाँडोमा चामल, चाँदीको सिक्का र सिंगो सुपारी राखी कोषका अध्यक्ष मंगलकृष्ण सिंहले परम्परागत रुपमा निमन्त्रणा दिएका थिए।

ज्यापु दिवसको निमन्त्रणा दिन आयोजक ज्यापु संस्कृति विकास कोष तथा संयोजक गोफः त्वाः माकः गल्ली ज्यापु समाजका पदाधिकारीहरु आज प्रधानमन्त्री कार्यालय शितलनिवास पुगेका थिए।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा नेपाल सरकारबाट आर्थिक वर्ष २०५७/५८ मा ज्यापु समुदायको बाजा संरक्षणको लागि प्राप्त १२ लाख ६० हजार रुपैयाँ अक्षयकोषबाट ज्यापु संस्कृति विकास कोषको स्थापना भएको थियो।

यसैक्रममा ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको यःमरी पुन्ही/ज्यापु दिवसको पर्व बिदा विगत दुईवर्षदेखि सम्बन्धित जातिलाई मात्र दिने निर्णयलाई सार्वजनिक बिदामा परिणत गर्नको लागि प्रधानमन्त्री देउवासमक्ष अुनरोध गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?