
सौराह – नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत चितवनको सौराहमा सोमबार मनोनयन दर्ता सुरु भएको छ। बिहान १० बजेसम्मको समयमा उम्मेदवारी दर्ता गर्ने नेताहरुको बाक्लो भीड लागेको छ।
एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ। उपाध्यक्षमा घनश्याम भुसाल, युवराज ज्ञवाली, सचिवमा भीम आचार्यलगायतको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दर्ता गर्नेहरुको भीड भएकाले कुन नेताले के केमा उम्मेदवारी दर्ता गरे भन्ने थाहा हुन समय लाग्ने भएको छ।
अध्यक्ष केपी शर्मा ओलीले चुनेका नेताहरुले आ–आफ्नो पदका लागि मनोनयन दर्ता गरिरहेका छन्।
सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै एमालेले नयाँ नेतृत्वका लागि नाम प्रस्ताव गर्ने सर्वाधिकार ओलीलाई दिएको थियो। सोहीअनुसार ओलीले ३०१ केन्द्रीय सदस्य तथा १९ जना पदाधिकारीको नाम आइतबार राति सुनाएका थिए।
ओलीले सुनाएको पदाधिकारीको नाममा भीम रावल र घनश्याम भुसालको नाम भने छैन । ओलीले नाम प्रस्ताव गरेका सबैले मनोनयन गर्नु पर्नेछ।