सासद रंगमति शाही खाद्यान्न सहित हेलिकोप्टरबाट लिमीतर्फ

सासद रंगमति शाही खाद्यान्न सहित हेलिकोप्टरबाट लिमीतर्फ
+
-

सिमकोट – सांसद रंगमति शाहीले हेलिकप्टरबाट लिमीतर्फ खाद्यान्न लिएर गएकी छन्। संघीय संसदमा प्रतिनिधित्व गर्ने शाही खाद्यन्न बाकेको नेपाली सेनाको हेलिकप्टरमा हिमालपारीको गाउँ लिमी गएकी हुन्।

सिमकोट बिमान स्थलमा सासद शाहीले खाद्यन्न समस्या देखिएको नाम्खा गाउँपालिका–६ लिमीका लागि राज्यका तर्फबाट खाद्यन्न पुर्याउने कार्य सुरु भएको बताईन । उनले निक्कै प्रयासका बावजुद हेलिकोप्टरको व्यवस्था भएपछि समस्या देखिएको लिमीतर्फ लाग्न सफल भएको बताईन् ।

आईतबार बेलुका मात्र सिमकोट आई पुगेको सेनाको एमआई सेभेनटिन हेलिकोप्टरले खाद्यन्न ढुवानी सुरु गरेको होे । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सिमकोटमा रहेको ३४ क्वीन्टल खाद्यन्न ढुवानी हेलिबाट सुरु भएको जानकारी दिए । उच्च क्षेत्र भएको कारण एउटा उडानमा हेलिले ११ क्वीन्टल खाद्यन्न मात्र ढुवानी गर्नेछ ।

सिमकोटबाट हेलिले तीन उडान भरेर लिमीमा खाद्यन्न पुर्याउनेछ । त्यसपछि हिल्सामा रहेको चार सय साठी क्वीन्टल मैदा तथा बीस बोरा चामल पनि ढुवानी गर्नेछ । सोमबार दिनभरि सिमकोट र हिल्साको खाद्यन्न ढुवानी हुने छ ।

त्यसपछि आज हेलि सिमकोटमा बस्ने र बाँकी खाद्यन्न मंगलवार पनि ढुवानी गर्ने छ । खाद्यन्नसँगै सासद शाही र लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ पनि लिमी गएका छन्। खाद्यन्न समस्या हुने देखिएपछि हिउ छिचोल्दै सिमकोट पुगेका लिमीवासीले प्रदेश र संघीय सरकारलाई यो समस्या तत्काल समाधान गर्न आग्रह गरेका थिए।

केही दिन अगाडी २७ सदस्यीय लिमीवासीको टोली चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेक पार गरेर आई पुगेको थियो ।

यसका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही, सासद छक्क बहादुर लामा र सांसद शाही र प्रमुख जिल्ला अधिकारी आचार्यले बिशेष पहल गर्दै आएका थिए । जसबाट गृहमन्त्रालय लिमीमा खाद्यन्न ढुवानीका लागि उद्धार कोषबाट रकम व्यवस्था गर्न राजी भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?