श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्यमा निर्विरोध, प्रमुख सचेतक भट्टराई केन्द्रीय सदस्यमै परेनन्

श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्यमा निर्विरोध, प्रमुख सचेतक भट्टराई केन्द्रीय सदस्यमै परेनन्
+
-

काठमाडौँ – एमालेको १०औँ महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध चुनिएका छन्। जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जुकुमारी थापामगर र सीता लामा सर्वसम्मत एमालेको केन्द्रीय सदस्य बनेका हुन्।

यसअघि एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, विष्णु रिमाल र पृथ्वीसुब्बा गुरुङ निर्विरोध निर्वाचित भएका थिए। निर्विरोध निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरुको औपचारिक घोषणा भने हुन बाँकी छ।

महाधिवेशनको बन्दसत्रले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत नेतृत्व चुन्ने सर्वाधिकार दिएको थियो। सोहीअनुसार सर्वसम्मत नेतृत्व चयन गर्न ओलीलाई सकस हुँदा महाधिवेशन लम्बिन गएको छ। ओलीले ३०१ सदस्य केन्द्रीय सदस्य र १९ जना पदाधिकारीहरुको नाम घोषणा गरेका थिए।

ओलीले एमालेका ३०१ केन्द्रीय सदस्यहरुको सूची सार्वजनिक गर्दा एमाले प्रतिनिधिसभाका प्रमुख सचेतक विशाल भट्टराईलाई नै समेट्न सकेनन्। उनी केन्द्रीय सदस्यको सूचीमै अटेनन्।

ओलीले पदाधिकारीहरुको सूची सार्वजनिक गर्दा नपरेका भीम रावलले अध्यक्षमा, घनश्याम भुसालले उपाध्यक्षमा र भीम आचार्यले सचिव उम्मेदवारी दर्ता गरे पनि प्रमुख सचेतक भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?