
काठमाडौँ – राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई समर्थन गर्न वर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमा आग्रह गरेका छन्।
बुधबारबाट सुरू हुन लागेको राप्रपाको महाधिवेशनका लागि अध्यक्षमा लिङ्देन र कमल थापाको उम्मेदवारी घोषणा भएको छ। राप्रपाका तीन अध्यक्ष थापा, लोहनी र पशुपतिशमशेर राणामध्ये थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दा लोहनीले लिङ्देनलाई समर्थन जनाएका हुन्। तर जबराले मौन बसेका छन् ।
काठमाडौँमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा लोहनीले लिङ्देनलाई समर्थन जनाउन थापा र जबरालाई आग्रह गरेका हुन्।
नेतृत्वमा सर्वसम्मत जुट्न नसके युवालाई पार्टीको जिम्मेवारी दिने आफ्नो पूर्वघोषित विचारअनुसार लिङ्देनलाई समर्थन जनाएको भन्दै लोहनीले बाँकी अध्यक्षद्वय थापा र जबरालाई पनि लिङ्देनको समर्थनमा उभिन आग्रह गरेका हुन्। -न्युज कारखाना