हुम्लामा मोबाइल सेवा अवरुद्ध

हुम्लामा मोबाइल सेवा अवरुद्ध
+
-

सिमकोट – हुम्लास्थित नेपाल टेलिकमको बीटीएसमा आगलागी हुँदा मोबाइल सेवा अवरुद्ध भएको छ।

विद्युत सर्ट भएर आगलागी भएको जनाइएको छ। जीएसएम सेवाका लागि जडान गरिएको बीटीएस बक्समा आगलागी भएको टेलिकमले जनाएको छ।

हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले सिमकोट गाउँपालिका–७ को धारापोरीमा जडान भएको नेपाल टेलिकम बीटीएस बक्समा आगलागी भएको जानकारी दिए। उनले आगलागीले बक्समा पूर्ण क्षति पुगेको बताए।

आगलागीबाट बीटीएस र टावरका अन्य उपकरणसमेत जलेर नष्ट भएका छन्। यसबाट डाँडाफया, माझगाउँ, पानीनाउला, ओख्रोन, ग्वालेखोर, जबुका, धारापोरी, पाम्लाथुङ, लामाखोल्सी, खोली, स्याँडा, याङ्गुलगायतका बस्तीको मोबाइल सेवा अवरुद्ध भएको छ।

प्रहरी नायब उपरीक्षक शर्माका अनुसार टेलिकमको बीटीएस बक्स, उपकरणसँगै टावर जडान गरिएको भाडाको घरमा समेत आगालागी भएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर क्षतिको विवरण संकलन भइरहेको उनले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष