मतदान सुरु नहुँदा राप्रपाका महाधिवेशन प्रतिनिधिहरु आक्रोशित (तस्बिरहरु)

मतदान सुरु नहुँदा राप्रपाका महाधिवेशन प्रतिनिधिहरु आक्रोशित (तस्बिरहरु)
+
-

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनअन्तर्गत आज मतदान गर्न बिहान ४ बजेदेखि प्रतिनिधिहरु लाइनमा बसेका थिए। राजधानीको भृकुटीमण्डपमा मतदानको लागि उनीहरु चिसो नभन्दै बिहान ४ बजेदेखि नै लाइन बसेका हुन्। तर बिहान ८ बजे तय भएको मतदान ११ बज्दासमेत सुरु नभएपछि राप्रपाका महाधिवेशन प्रतिनिधिहरु आक्रोशित भएका हुन्।

उनीहरुले मतदान गर्ने निश्चित नभइकनै बिहान ८ बजेको समय निर्धारण गरिएको भन्दै आक्रोश पोखे। निर्वाचनअन्तर्गत मतदानको सम्पूर्ण कार्य पूरा नहुँदै समय तोकिएको भन्दै उनीहरुले निर्वाचन समितिका पदाधिकारीहरुप्रति आक्रोश पोखेका थिए।

निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेदवारको नाम रुजु गर्ने काम भइरहेकाले मतदानमा ढिलाइ भएको बताए। उनका अनुसार उम्मेदवारी दर्तापछि मतपत्र निर्माणमा प्राविधिक समस्याले मतदान कार्य प्रभावित भएको हो।

उम्मेदवारहरु भने आआफ्नाे चुनावी प्रचारमै व्यस्त छन्। राप्रपाको अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले प्यानलसहित उम्मेदवारी दिएका छन्। राप्रपाले अध्यक्षको मतपत्र र अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको मतदान विद्युतीय माध्यमबाट गर्ने जनाएको छ।

निर्वाचनको लागि २६४ जनाको उम्मेदवारी परेको छ। राप्रपा महाधिवेशनको लागि देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?