थप्पड खाएपछि घाँटी कँसेर श्रीमतीको हत्या

थप्पड खाएपछि घाँटी कँसेर श्रीमतीको हत्या
+
-

काठमाडौँ – ललितपुरको कुपन्डोलमा श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।

ललितपुर प्रहरी परिसरको टोलीले प्राविधिक अनुसन्धानपछि मृतकका श्रीमान ३५ वर्षीय एक्काराज भुजेललाई पक्राउ गरेको हो। भुजेलले मंसिर १६ गते कोठामा श्रीमती जानुका मृत भेटिएको भन्दै छिमेकीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो।

ललितपुर प्रहरी प्रवक्ता प्रज्वल महर्जनले एक्काराजले श्रीमतीको घाँटीमा सलले कँसेर हत्या गरेको बताए। उनका अनुसार एक्काराज मदिरा सेवन गरी दिउँसो कोठा पुगेका थिए। आफूलाई  श्रीमतीले थप्पड हिर्काएकाे भन्दै  एक्काराम श्रीमतीमाथि जाई लागेका थिए।

‘काम गर्नु छैन, जाँडमात्र खानु हुन्छ भनेर श्रीमतीले रिस पोखेकी रहिछन्। त्यहीबेला एक्काराजले घाँटी कँसेको पाइएको छ’, एसपी महर्जनले भने। घटनाका बेला उनीहरुका तीनैजना सन्तान स्कुल गएका थिए। मृतकका १६ वर्षीया छोरी तथा ९ र ६ वर्षका छोरा छन्। भुजेल दम्पत्ती ज्यामी काम गर्दै आएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?