हुम्लामा इन्टरनेट र मोबाइल सेवा अवरुद्ध

हुम्लामा इन्टरनेट र मोबाइल सेवा अवरुद्ध
+
-

सिमकोट – हुम्लाको सदरमुकाम आसपासका क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ।

सेवाग्राही लोग भण्डारीले आइतबार बिहानबाट नेपाल टेलिकमका सबै सेवाले काम गर्न छोडेको बताए। उनले टेलिकमको मोबाइल, एडिएसल, फोर जी र ल्याण्डलाइन सेवा सबै अवरुद्ध भएको जानकारी दिए।

नेपाल टेलिकम हुम्ला शाखाका लाइनम्यान रामबहादुर बोहराले खराबी आएको स्थान नै पत्ता लगाउन नसकिएको जनाए। केन्द्रमा सम्पर्क गर्ने माध्यम नभएको कारण खराबी भएको स्थान पत्ता लगाउन नसकिएको उनको भनाइ छ। शाखाकै कार्यालय हातामा रहेको टावर, किरिने टावर, जुम्ला र कालीकोट कताको उपकरणमा खराबी आएको भन्नेबारे पत्ता लगाउनै नसकिएको टेलिकमले जनाएको छ।

सेवा अवरुद्ध भएपछि सरकार तथा गैरसरकारी कार्यालयबाट प्रदान हुने सेवामा बाधा पुगेको छ। त्यसैगरी बैंक तथा वित्तीय संस्थामा कारोबार गर्न समस्या भएको छ। टेलिकमकाे सेवा अवरुद्ध भएको बेला एनसेलको मोबाइल सेवाले पनि राम्रोसँग काम गरिरहेको छैन।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले इन्टरनेटका लागि सेवा प्रदान गर्दै आएको वर्ल्डलिंक कम्युनिकेशनको सेवा पनि निकै सुस्त भएकाे कारण सेवाग्राही मर्कामा परेको बताए। तीन दिनयता अनलाइनबाट गर्नुपर्ने कार्य कुनै पनि गर्न नसकिएको उनले जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष