
काठमाडौँ – नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा माघ १४ र १५ गते हुने भएको छ।
काउन्सिलले सूचना जारी गर्दै मंसिर २६ देखि पुस २६ गतेसम्म अनलाइन फारम खुल्ने उल्लेख गरेको छ।
काउन्सिलका अनुसार मंसिर २६ देखि पुस २६ गतेसम्म नियमित रुपमा फारम भर्न सकिन्छ। त्यस्तै पुस २७ र २८ गते विलम्ब शुल्क तिरेर फारम भर्न सकिनेछ।
अनलाइन आवेदन फारम भर्ने र बुझाउने व्यवस्था २४ घन्टा खुल्ला रहने सूचनामा उल्लेख छ।
परीक्षा इन्जिनियरिङ अध्यय्न संस्थान पुल्चोकमा कम्प्युटर विधिबाट हुनेछ।