
काठमाडौं- महामन्त्री निर्वाचित विश्वप्रकाश शर्माले बदलिएको र बलियो कांग्रेसको आकांक्षा राख्नेको जितका रुपमा आफ्नो विजयलाई व्यक्त गरेका छन्।
महामन्त्रीमा आफूसँगै अर्का युवा नेता गगन थापा निर्वाचित भएपछि विश्वप्रकाशले भने, ‘ यो कुनै व्यक्ति वा गुटलाई जिताएको होइन। बदलिएको र बलियो कांग्रेसको आकांक्षाको जित हो।’ उनले आजका मुद्धा बुझेर नेपाली कांग्रेसलाई बलियो बनाउन सक्ने नेतृत्वको चाहना राख्नेको जित भएको बताए।
उनले गगन थापा र आफुबाट नेपाली कांग्रेस र मुलुकले निकै अपेक्षा गरेको भन्दै आफुलाई मत नदिएकाहरुको समेत मन जित्नेगरी काम गर्ने प्रतिबद्धता गरे। उनले आगामी दिनमा रुपान्तरित कांग्रेसलाई अगाडि सार्ने बताउँदै आगामी आम निर्वाचनमा पार्टीको बलियो उपस्थिती देखिने गरि काम गर्ने बताएका छन्।