
काठमाडौं- नेपाली कांग्रेसको महामन्त्रीमा नयाँ पुस्ताका गगन थापा र विश्वप्रकाश शर्माको जितपछि लामो समयदेखि एउटै व्यक्तिको नेतृत्वमा चल्दै आएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले यो विजयले नेपाली राजनीतिमा नयाँ पुस्ताको हस्तक्षेपको द्वार खुला भएको बताएका छन्।
सभापती शेरबहादुर देउबाभन्दा दुई फरक प्यानलबाट उठेका थापा र शर्माले जितेपछि महराले भनेका छन्- गगन र बिश्वप्रकाशको जितले नेपाली राजनीतिमा नया पुस्ताको हस्तक्षेपको द्वार खोलेको छ। काङ्ग्रेसले अधिबेशनमा प्रतिनिधिहरुले आफ्नो स्वतन्त्र अभिमत जाहेर गर्ने अनुकुल वातावरण तयार गरेर आन्तरिक लोकतन्त्रको पक्षमा बाजी मारेको छ।
यस्तै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी मानुषि यमी भट्टराईले पनि यो विजयलाई नेपाली कांग्रेसभित्रको लोभलाग्दो पुस्तान्तरणका रुपमा उल्लेख गरेकी छिन्।