
पाकिस्तानले वेस्ट इन्डिजविरुद्ध बिहीबार राति २०८ रनको लक्ष्य ३ विकेट गुमाएर ७ बल बाँकी रहँदै पुरा गर्दै तीन टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलको शृंखला क्लिन स्वीप गरेको छ।
घरेलु मैदानमा भएको खेलमा पाकिस्तानले १८.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटेको हो। पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०७ रन जोडेको थियो। वेस्ट इन्डिजका कप्तान तथा विकेटकिपर निकोलास पुरानले ६४, सम्राह ब्रुक्सले ४९ र ब्रेन्डन किङले ४३ रन बनाएका थिए।
लक्ष्य सहजै पुरा गर्ने क्रममा पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले ८७ र कप्तान बाबर आजमले ७९ रन जोडे। रिजवान र आजमले पहिलो विकेटका लागि १५.१ ओभरमा एक सय ५८ रनको साझेदारी गरेका थिए।
रिजवान प्लेयर अफ दी म्याच र प्लेयर अफ दी सिरिज दुवै घोषित भए।