साफ यू-१९ महिला च्याम्पियनसिप

दबाबमा रहेको नेपाल भूटानसँग खेल्दै, शीर्ष दुई भारत र बंगलादेश पनि भिड्दै

दबाबमा रहेको नेपाल भूटानसँग खेल्दै, शीर्ष दुई भारत र बंगलादेश पनि भिड्दै
+
-

काठमाडौँ – बंगलादेशमा जारी साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले शुक्रबार भूटानसँग खेल्दैछ। २ खेलमा ४ अंक भएको नेपाललाई शीर्ष दुईमा स्थान बनाउने सम्भावना कायम राख्न यो खेलमा जीतको विकल्प छैन। दुई खेलबाट ६ अंक भएको भारत पहिलो र दुई खेलबाट ४ अंक भएको बंगलादेश दोस्रो स्थानमा छ।

पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ६-० गोलले हराएको थियो। नेपाल र भूटानबीचको खेल नेपाली समयअनुसार साँझ ७ बजे सुरु हुनेछ। भूटानको दुई खेलबाट ३ अंक छ। पहिलो खेलमा श्रीलंकालाई ५-० गोलले हराएको भूटान दोस्रो खेलमा बंगलादेशसँग ६-० गोलले पराजित भएको थियो।

शुक्रबार नै हुने अर्को खेलमा भारत र बंगलादेश भिड्ने छन्। यो खेल दिउँसो ३ बजे सुरु हुनेछ। पहिलो खेलमा श्रीलंकालाई ५-० गोलले हराएको भारतले दोस्रो खेलमा भूटानलाई ३-० गोलले हराएको थियो।

पाँच टोली सहभागी रहेको यस प्रतियोगितामा राउन्ड रोबिन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?