
काठमाडौं- रमेश सिलवालले सर्वोच्च अदालतको आदेशविपरीत राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवको पदभार सम्हाल्ने तयारी गरेका छन्।
उनी आउने भएपछि त्रिपुरेश्वरस्थित राखेप परिसरमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ। तर सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले सिलवाललाई ‘पदभार सम्हाल’ भन्ने आदेश नै नभएको बताए।
‘सिलवाललाई हटाउने र टंकलाल घिसिङलाई नियुक्त गर्ने दुवै निर्णय यथास्थितिमा राख्नु भनेको हो। पुस १२ गते अन्तरिम आदेशका लागि छलफलमा दुवै पक्षलाई बोलाएकाले त्यतिबेलासम्म सदस्यसचिव पद रिक्त रहने छ’, प्रवक्ता दाहालले भने।
यता सिलवाल भने आफूलाई पुनर्वहाली गरिएको दावी गर्दै जिम्मेवारीमा फर्किन लागेका हुन्।
यस्तो छ आदेश-