मध्यपुर थिमिका शिक्षासेवी प्रजापतिलाई ज्यापु सरस्वती पदक

मध्यपुर थिमिका शिक्षासेवी प्रजापतिलाई ज्यापु सरस्वती पदक
+
-

भक्तपुर – भक्तपुरको मध्यपुर थिमिका शिक्षासेवी एवं समाजसेवी सुरेन्द्रविक्रम प्रजापतिले यस वर्षको ज्यापु सरस्वती पदक पाएका छन्।

ज्यापु संस्कृति विकास कोषले १८औं राष्ट्रिय ज्यापु दिवसको अवसर पारेर आइतबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षासेवी प्रजापतिलाई उक्त पदकले विभूषित गरेका हुन्।

मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन इङ्गलिस स्कुलका प्रिन्सिपलसमेत रहेको प्रजापतिले उक्त पदकसँगै नगद १० हजार रुपैयाँ पाएका छन्।

शिक्षाप्रेमी प्रजापतिले उपत्यकाभित्र शिक्षा क्षेत्रलाई उकास्न महत्वपूर्ण भूमिका खेलेको योगदानको उच्च मूल्यांकन गर्दै उक्त पदक प्रदान गरिएको कोषले जनाएको छ।

प्रजापतिसँगै मौलिक संस्कृतिको संरक्षण सम्बर्द्धनमा योगदान गर्ने भुलधामी देवकृष्ण महर्जन, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई समेत सम्मान गरिएको थियो।

त्यस्तै डा रमेशमान सिंह, दिलीपकुमार प्रधान, मदनसेन बज्राचार्य, राजनलाल जोशी, नवीनकुमार जोशी, कुमार रञ्जित, अनिल महर्जन, रमेश महर्जन, तेजनारायण महर्जन, अनिता महर्जन, नेन्सी महर्जन, नीतु डङ्गोल र कृषा महर्जनलाई नगद रु १० हजारसहित कदरपत्रद्वारा सम्मान गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?