६ करोड ६० लाख वर्ष पुरानो डाइनोसरको भ्रुण फेला, चराको पुर्वज डाइनोसर भन्नेमा थप बल

६ करोड ६० लाख वर्ष पुरानो डाइनोसरको भ्रुण फेला, चराको पुर्वज डाइनोसर भन्नेमा थप बल
+
-

वैज्ञानिकहरुले चीनमा पूर्ण रुपमा सुरक्षित गरिएको डाइनोसरको भ्रुण फेला पारेको बताएका छन्। कुखुराको जस्तै अण्डा (फुल) बाट बच्चा कोरल्ने बेलाको डाइनोसरको भ्रुण फेला पारिएको वैज्ञानिकहरुले बताएका हुन्।

चीनको दक्षिणी प्रान्त ग्वान्झाओ प्रान्तमा अनुसन्धानको क्रममा वैज्ञानिकले डाइनोसरको भ्रुण फेला पारेका हुन्। सो भ्रुण कम्तीमा ६ करोड ६० लाख वर्ष पुरानो रहेको आँकलन वैज्ञानिकहरुले गरेका छन्।

फेला परेको भ्रुण दाँतविहीन थेरापोड डाइनोसर वा ओभराप्टोरोसरको रहेको विश्वास गरिएको छ। वैज्ञानिकले सो भ्रुणको नाम बेबी यिङलियाङ राखेका छन्।

अनुसन्धानकर्ता डा फिअन वाइसुम माले भनेका छन्, ‘यो इतिहासमै फेला परेको सबैभन्दा उत्कृष्ट डाइनोसर भ्रुण हो।’

भ्रुणको अध्ययनबाट डाइनोसर र आधुनिक समयका चराबीचको सम्बन्धबारे बुझ्न विशेष सहयोग गरेको अनुसन्धानकर्ताले बताएका छन्। फेला परेको डाइनोसरको भ्रुण चराका बच्चा कोरल्नुपूर्व जस्तो अवस्थामा रहेको वैज्ञानिकले बताए।

डा माले समाचार संस्था एएफपीसँग भनेका छन्, ‘यसले अहिलेका चराका पुर्वज डाइनोसर रहेको हुन सक्नेमा थप बल पुगेको छ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष