
काठमाडौँ – हिमालयन डिस्टिलरीले शतप्रतिशत बोनस प्रस्ताव गरेको छ। सन्चालक समितिको बैठकले ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत बोनस नगद वितरण गर्ने प्रस्ताव गरेको हो।
हिमालयन डिस्टिलरीको पछिल्ला ५ दिनमा शेयर मूल्य ११ सय ६४ रुपैयाँले बढेको थियो।
मंगलबारको अन्तिम कारोबार ६१ सय रुपैयाँमा भएको थियो। त्यसअघि डिसेम्बर १२ तारिखमा हिमालयन डिस्टिलरीको शेयर मूल्य ५२ सय ३९ रुपैयाँ रहेको थियो। यसबीचमा एक दिनमात्र उक्त कम्पनीको शेयर मूल्य घटेको थियो।
गत अगष्ट १८ तारिखमा हिमालयन डिस्टिलरीको शेयर मूल्य ७६ सय २४ रुपैयाँसम्म पुगेको थियो। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते बुधबार आफ्नो रजिष्टर्ड कार्यालय लिपनिविर्ता पर्सामा २१ औँ वार्षिक साधारणसभा डाकेको छ। सो सभा बिहान १० बजे सुरु हुनेछ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरु लाभांशका लागि योग्य हुनेछन्।