ऐतिहासिक रानीपोखरी काठमाडौँ महानगरलाई हस्तान्तरण

ऐतिहासिक रानीपोखरी काठमाडौँ महानगरलाई हस्तान्तरण
+
-

काठमाडौँ – राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले पुनर्निर्मित ऐहिासिक रानीपोखरी काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ।

रानीपोखरीको पहिलो चरणको पुनर्निर्माण सम्पन्न भएसँगै प्राधिकरणले उक्त ऐतिहासिक पोखरी बिहीबार कामपालाई हस्तान्तरण गरेको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिहीबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेका हुन्। पोखरीको काम सम्पन्न भए पनि पोखरी बाहिर १० प्रतिशत काम अझैँ बाँकी छ। उक्त काम भने सहरी विकास मन्त्रालयले गर्नेछ।

स्वामित्व हस्तान्तरण कार्यक्रमपछि प्रमुख शाक्यले रानीपोखरी पुनर्निर्माणको काम २०७२ सालमै महानगरपालिका आफैले थालेको भए पनि पछि केही आरोप–प्रत्यारोपका कारण प्राधिकरणलाई पुनर्निर्माणको जिम्मेवारी दिइएको बताए।

पुनर्निर्मित ऐतिहासिक सम्पदा कामपाको स्वामित्वमा आएको भए पनि यो कामपाको मात्रै सम्पत्ति नभई राष्ट्रको सम्पत्ति हो भन्दै महानगर उपप्रमुख हरिप्रभा खड्गीले यसको संरक्षण गर्नु सबैको साझा दाहित्व भएको बताइन्।

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्याएको सम्पदा पुनर्निर्माणको सुरुवात रानीपोखरीबाटै गरेकी थिइन्।

रानीपोखरी पुनर्निर्माणको काम उपभोक्ता समिति गठन गरी २०७५ साल फागुन २० गतेदेखि सुरु भएको थियो। प्राधिकरणका कार्यकारी अधिकृत ज्ञवालीले करिब ३६० वर्षअघिको सम्पदाको मौलिकता जोगाउँदै पुनर्निर्माण गर्ने काम चुनौतीपूर्ण भए पनि पूरा भएको भन्दै खुसी व्यक्त गरे। पुनर्निर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालले पोखरी पुनर्निर्माणका लागि उपभोक्ता समितिमार्फत रु आठ करोड १५ लाख र पहिलो चरणअन्तर्गत नै सौन्दर्य अभिवृद्धि, बालगोपालेश्वर मन्दिर निर्माण, पुनर्निर्माणलगायतका लागि रु १७ करोड ४५ लाख गरी करिब २६ करोड लगानीमा रानीपोखरी निर्माण भएको जानकारी दिए।

ऐतिहासिक सम्पदा निर्माणका लागि सुरुमा कामपाले पुनर्निर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनर्निर्माणको काम अघि बढ्न सकेको थिएन। अन्ततः पुनर्निर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो। प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन्। पोखरीको निर्माण कार्य करिब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ (विसं १७२५)मा सम्पन्न भएको थियो। नेसं ७९० (विसं १७२७/ईसं १६७०) मा शिलापत्र राखिएको थियो।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन्। प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार वटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ। उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ। –रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?