सहरभरि क्रिसमसको रौनक (भिडियो)

+
-

काठमाडौँ- इसाइ धर्मावलम्बीहरुको मुख्य पर्व क्रिसमस नजिकिएसँगै काठमाडौं लगायत देशभर चहलपहल बढेको छ।

क्रिसमसको अघिल्लो दिन शुक्रबार काठमाडौंका सपिङ मलहरु र रेष्टुरेन्टहरुमा चहलपहल देखिन्छ। धेरै सपिङ मल र मुख्य बजार क्षेत्रमा सजावट र झिलिमिली पारेर उज्यालो बनाइएको छ । मानिसहरु सजाइएको सपिङ मलहरुमा फोटो खिचेर र टिकटक बनाएर रमाइरहेका छन् ।

क्रिसमसअघिको साँझलाई क्रिसमस इभको रुपमा मनाइन्छ।

हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले क्रिसमस मनाउदै आएका छन् । क्रिसमसको दिन चर्च गएर विसपहरुबाट ज्ञान लिने, खुशीयाली साटासाट गर्ने जस्ता क्रियाकलापहरु गरिने इसाई धर्मावलम्बी बताउँछन्। अन्य दिन फादरहरुबाट ज्ञान लिने गरिए पनि क्रिसमसको दिन भने विसपहरुबाट ज्ञान लिने परम्परा रहेको इसाई धर्मावलम्बी फ्रेन्सेज गुरुङ बताउँछन् । नेपालमा क्रिसमसको दिन सार्वजनिक विदा दिइएको छ।

गत बर्ष कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण क्रिसमसको उत्साह खासै देखिएको थिएन।

यस बर्ष नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढिरहे पनि बजार खुला रहेकाले क्रिसमसप्रति आकर्षण देखिएको छ।

पछिल्लो केही वर्ष यता सबै धर्मावलम्बीहरुले क्रिसमस मनाउने गरेको पाइन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?