
देश सञ्चार
पुस ११, २०७८

अ
+
अ
अ
-
काठमाडौं- क्रिसमसको पार्टी मनाउन गएका बेला बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार शनिबार उनी परिवारसहित पानभेल फार्म हाउसमा पार्टी मनाउन पुगेका थिए।
आइतबार बिहान साढे ३ बजे उनलाई सर्पले टोकेपछि तत्कालै मुम्बईस्थित एमजिएम अस्पताल पुर्याइएको थियो। सर्प विषालु नभएका कारण उनी आइतबार बिहान डिस्चार्ज भएका छन्।

