एसिसी यू-१९ एसिया कप

अर्जुनको अर्धसतक अनि दुई अर्धसतकीय साझेदारी तर श्रीलंकासँग नेपालले हार टार्न सकेन

अर्जुनको अर्धसतक अनि दुई अर्धसतकीय साझेदारी तर श्रीलंकासँग नेपालले हार टार्न सकेन
+
-

काठमाडौँ- यूएईमा जारी एसिसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। समूहको आफ्नो दोस्रो खेलमा नेपालले आइतबार श्रीलंकासँग ६० रनको हार ब्यहोर्‍यो। ३ सय २३ रनको विशाल लक्ष्य पाएको नेपालले ४७.५ ओभरमा सबै विकेट गुमाएर २ सय ६२ रन जोड्यो। नेपालले सुधारिएको ब्याटिङ प्रदर्शन गरेपनि हार टार्न सकेन।

विकेटकिपरसमेत रहेका अर्जुन साउदले अर्धसतकीय पाली खेले। अर्जुनले ६४ जोडे। प्रारम्भिक ब्याट्सम्यानद्धय सन्तोष कार्कीले ३४ र कप्तानसमेत रहेका देव खनालले २८ रन बनाए। मध्यक्रमका बासिर अहमदले ४३ र विवेक यादबले ४६ रन बनाए।

नेपालले पहिलो विकेटका लागि ५९ रनको साझेदारी गरेको थियो। त्यसपछि अर्जुन र बासिरबीच पाचौँ विकेटका लागि ७५ रनको साझेदारी भयो। छैटौँ विकेटका लागि पनि नेपालले ४१ रनको साझेदारी गरेको थियो।  नेपालले आफ्नो पालीमा ९ छक्का प्रहार गरेको थियो।

त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाले दुई जना ब्याट्सम्यानको सतकीय योगदानमा निर्धारित ५० ओभरमा ४  विकेट गुमाएर ३ सय २२ रन जोड्यो।  श्रीलंकाका सदिसा राजापाक्ष्याले एक सय ३१ र चामिन्दु विक्रमासिंघे १ सय ११ रन बनाए। उनीहरुबीच दोस्रो विकेटका लागि २ सय २३ रनको साझेदारी भएको थियो।

यसअघि पहिलो खेलमा नेपालले  बंगलादेशसँग एक सय ५४ रनको हार ब्यहोरेको थियो। नेपालले समूहको अन्तिम खेलमा अब मंगलबार कुवेतसँग खेल्ने छ।

दुई खेलपछि श्रीलंका र बंगलादेशको समान ४/४ अंक रहेको छ। चार टोली रहेको समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?