
काठमाडौँ- नेपालको बैदेशिक रोजगारीका प्रमुख गन्तव्यमुलुकमा प्रहरी सहचारी राख्न नेपाल प्रहरीले प्रस्ताव गरेको छ।
विभिन्न ७ देशमा प्रहरी सहचारी राख्न गरिएको प्रस्ताव गृह मन्त्रालयमा पुगेको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। यूएई, मलेसिया, कतार, साउदी अरबसहित चीन र बंगलादेशमा पनि प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको छ।
यसैगरि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय डिपमार्टमेन्ट अफ पिस किपिङ अपरेन्सस (डीपीकेओ) मापनि प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको छ। हाल भारतमा मात्र नेपाल प्रहरीको प्रहरी सहचारी रहेका छन्।