
काठमाडौँ- सरकारले देशभरका सबै मेडिकल कलेज र ५० शैय्याभन्दा बढी क्षमता भएका निजी अस्पतालमा पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने व्यवस्था गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार इच्छुक मेडिकल कलेज र निजी अस्पताललाई सम्पर्कमा आउन आह्वान गरेको छ।
मन्त्रालयद्वारा जारी एक विज्ञप्तिअनुसार खोपको उपलब्धताअनुसार उनीहरुले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउन पाउने छन्।
जिल्ला स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्षभन्दा बढी उमेरका मानिसलाई उनिहरुले खोप लगाउन सक्नेछन्।
सरकारले सरकारी अस्पताल तथा केन्द्रहरुमा खोप निशुल्क गरे पनि सेवाग्राहीहरु पर्याप्त नहुँदा खोपको खपत हुन सकेको छैन।