
काठमाडौँ – प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ।
सन् २०२२ मा आयोजना हुने उक्त च्याम्पियनसिप नेपाललाई आयोजना गर्न दिइने निर्णय भएको नेपाल भलिबल संघले जनाएको छ।
नेपाली राष्ट्रिय महिला भलिबल टोली बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल च्यालेन्ज कपको फाइनलमा पुगेको छ।
अपराजित रहँदै फाइनलमा पुगेको नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ।