
भारतीय क्रिकेट नियन्त्रण बोर्ड-बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीलाई कोरोना भाइरसको संक्रमण भएको छ।
उनी कोलकातास्थित एक अस्पताल भर्ना भएका छन्। आइतबार ज्वरो आएपछि सोमबार गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
सोमबार साँझ नै उनी उडल्यान्ड्स अस्पताल भर्ना भएका हुन्। ४९ वर्षीय गांगुलीको स्वास्थ्य अवस्था स्थिर रहेको समाचारहरुमा उल्लेख छ।