
काठमाडौँ – नेपालले यूएईमा जारी एसिसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा कुवेतलाई रनको लक्ष्य दिएको छ।
पहिला ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर २ सय ३९ रन जोड्यो। नेपालको पालीमा बासिर अहमदले ५६, विवेक मगरले ५० र मोहम्मद अदिल आलमले ४९ रन बनाएका थिए। २७ रन जोड्दा ३ विकेट गुमाएको नेपाललाई बासिर, विवेक र अदिलले सम्हालेका हुन्।
कप्तान देव खनाल र ५ र विकेटकिपर अर्जुन साउद १० रन बनाएर आउट भए। प्रारम्भिक ब्याट्सम्यान सन्तोष कार्कीले पनि ५ रन मात्र जोडे। आठौँ नम्बरमा ब्याटिङमा आएका अदिलले ४२ बल खेल्दै ५ छक्का प्रहार गरेका थिए। नेपालले ३९ ओभरमा ९ विकेट गुमाएको थियो। बासिर र विवेकले चौथो विकेटका लागि ९३ रनको साझेदारी गरे।
प्रतियोगितामा सुरुका दुई खेलमा बंगलादेश र श्रीलंकासँग पराजित भएको नेपाल पहिलो चरण पार नगर्ने निश्चित भइसकेको छ।