
काठमाडौँ – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एभिसी एसियन सेन्ट्रल जोनको उपाधि रक्षा गरेको छ।
बंगलादेशको ढाकामा मंगलबार सम्पन्न नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्यो। पहिलो सेट २६-२४ ले जितेको नेपालले दोस्रो सेट २४-२६ ले गुमाएको थियो। तर तेस्रो सेटमा पुनरागमन गर्दै नेपालले २५-१५ को नतिजा निकालेको थियो। तर चौथो सेट उज्वेकिस्तानले जितेपछि खेलको निर्णय पाचौँ सेटबाट हुने तय भएको थियो। पाचौँ सेट नेपालले १५-११ ले जितेको थियो।
नेपालले दुई वर्षअघि आयोजित पहिलो संस्करण मालदिभ्सलाई फाइनलमा सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो।