म्याकडरमटको लगातार विस्फोटक ब्याटिङसहितको सतक, सन्दीपको टोलीले दियो २०७ रनको लक्ष्य

म्याकडरमटको लगातार विस्फोटक ब्याटिङसहितको सतक, सन्दीपको टोलीले दियो २०७ रनको लक्ष्य
+
-

अस्ट्रेलियामा जारी बिग बास लिग-बीबिएल क्रिकेटअन्तर्गत सन्दीप लामिछाने आबद्ध होबर्ट हुरिकेन्सले मेलबर्न रेनेगेड्सलाई २ सय ७रनको लक्ष्य दिएको छ। टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको हुरिकेन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ६ रन बनायो।

हुरिकेन्सका प्रारम्भिक ब्याट्सम्यान बेन म्याकडरमट एक्लैले एक सय २७ रन जोडे। उनले ६५ बलमा ९ छक्का र ९ चौका प्रहार  गरे। म्याकडरमटले लगातार दोस्रो खेलमा सतक बनाएका हुन्। अघिल्लो खेलमा उनले एडिलेड स्ट्राइकर्सविरुद्ध पनि एक सय १० रन बनाएका थिए। हुरिकेन्सले अन्तिम ५ ओभरमा ७० रन जोडेको थियो।

सुरुका ६ ओभरमा २ विकेट गुमाएर केवल २८ रन जोडेको हुरिकेन्स त्यसपछि लगातार आक्रामक बनेको थियो। टिम डेभिडले ९ बलमा चार छक्कासहित अविजित ३० रन जोडे।

६ खेलबाट १४ अंक भएको हुरिकेन्स तालिकाको तेस्रो स्थानमा रहेको छ। रेनेगेड्स ५ खेलबाट एक जित र चार हारको नतिजासहित ४ अंक जोडेर तालिकाको आठौँ तथा अन्तिम स्थानमा रहेको छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?