काठमाडौँ- पूर्वयुवराज पारस शाहले आफ्नो ५० औँ जन्मदिनको अवसरमा एक विज्ञप्ति जारी गर्दै आफ्नै जीवनबाट धेरै कुरा सिकेको बताएका छन्।
बिहीबार आफ्नो ५० औँ जन्मदिन मनाइरहेका पारसले भनेका छन्, ‘यस लामो दौरानमा मैले जीवन परिवर्तन गर्ने घटना र महत्वपूर्ण क्षणको अनुभव र साक्षी हुन पाएको छु। यसबाट म हुर्किएको छु र आफ्नैबारे धेरै सिकेको छु।’
५० औँ जन्मदिनमा ब्युँझँदा विश्व समुदायमा नेपाल अद्वितीय ठाउँका रुपमा महसुससमेत भएको उनले उल्लेख गरेका छन्। ‘हाम्रो धार्मिक र सांस्कृतिक पहिचानको रक्षाका लागि यस्ता कुराले मलाई उत्प्रेरित गर्ने गरेको छ। नेपालमा उल्लेखनीय सम्पन्नता छ र हामी एक भएर उपलब्धिहरु हासिल गर्न सक्छौँ’, उनले भनेका छन्।
उनले ५० वर्षको उमेरमा स्वास्थ्य र परिवार नै महत्वपूर्ण दुई उपहार रहेको उल्लेख गर्दै आफुलाई ती सबै प्राप्त भएको पनि बताएका छन्। भावी पुस्ताका लागि समतामूलक र स्थीर नेपाल निर्माणका लागि आफ्नो लगातारको प्रयत्नका लागि त्यसले सहयोग पुर्याइरहेको पनि बताएका छन्।
नेपाललाई सार्वभौम सम्पन्न बनाउन आफ्ना पुर्खाहरुले गरेको त्याग र बलिदानको पनि उनले स्मरण गरेका छन्।


भर्खरै
लोकप्रिय






































































































































































































