सामाजिक सञ्जालबाटै कसरी ठगिन्छ करोडौँ रुपैयाँ?

सामाजिक सञ्जालबाटै कसरी ठगिन्छ करोडौँ रुपैयाँ?
+
-

काठमाडौँमहानगरीय प्रहरी अपराध महाशाखामा एक महिला आफूले सामाजिक सञ्जाल चलाएकै कारण करोडौ रुपैयाँ ठगिएको भन्दै उजुरी लिएर पुगिन्। उनलाई सामाजिक सञ्जालमा आफूहरुले उपहार जितेको भन्दै फोन आएको थियो। उनले उपहार पाउने आशामा १ करोड ७० लाख रुपैयाँ कोही अन्जान व्यक्तिलाई विश्वास गरेर बुझाएकी थिइन्। उनले उपहार जितेकी थिइनन् बरु उल्टै उनलाई निसानी बनाएर उनीबाट करोडौ रुपैयाँ ठगियो।

हिजोआज महानगरीय प्रहरी अपराध महाशाखामा यस्ता उजुरी लिएर थुप्रै व्यक्तिहरु पुग्ने गरेको प्रहरी बताउँछन्। महानगरीय प्रहरी अपराध महाशाखाका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार महिनामा ७० देखि ८० वटासम्म सामाजिक सञ्जालबाट ठगिएका उजुरी आउने गरेका छन्।

‘उजुरी दर्ता गर्न आउनेहरुलाई हेर्दा ४० प्रतिशत व्यक्तिहरु २५ देखि ३५ बर्ष उमेर समूहका देखिन्छन्’, उनी भन्छन्, ‘सामाजिक सञ्जालमा आफूसँग ‘फ्रेण्ड’ भएको व्यक्ति को हो? कस्तो हो? जस्ता सामान्य कुरासमेत ध्यान नदिँदा यस्ता ठगीका घट्ना बढ्दै गएका छन्।’

कमजोर पासवर्ड

पासवर्ड कमजोर राखेकै कारण पनि धेरै व्यक्तिहरुको सामाजिक सञ्जाल ह्याक हुने गरेको छ।

अनुमानको भरमा पासवर्ड हान्दा मिलेपछि सजिलै ठगी गर्ने गरेको पाइएको कोइराला बताउँछन्। ‘मानिसहरु फेसबुकमा सामान्य पासवर्ड राख्छन् त्यसले गर्दा ठगी गर्नेहरुले ह्याक गर्नै पर्दैन, अनुमान गरेको पासवर्डकै भरमा अरुको फेसबुक चलाउन सकिन्छ,’ उनी भन्छन्, ‘आफूले विश्वास गरेर पासवर्ड दिएको व्यक्तिहरुकै कारणबाट पनि मानिसहरु लाखौं रुपैयाँ ठगिएका छन्।’

यसरी पासवर्ड सजिलै पत्ता लगाउनेहरुले भने आफू समस्यामा परेको भन्दै सहयोग माग्नेक्रममा ठगी गर्ने गरेका छन्। आफू समस्यामा परेको भन्दै केही रकम बैंक खातामा हालिदिन अनुरोध गर्ने र पछि आफ्नो बैंक खाताको विवरण दिएर ठग्ने गरेको प्रहरी बताउँछन्।

 विदेश मोह एक मुख्य कारण

मानिसहरुमा विदेश मोह बढेका कारण पनि यस्ता ठगी बढ्ने गरेको कोइराला बताउँछन्।  ‘अष्ट्रेलिया, अमेरिकामा बस्छु भन्ने अनि मायाको नाटक गरेर बैंक खाता नम्बर मागेर ठगी गर्ने प्रचलन पनि बढेको छ,’ उनी भन्छन्, ‘खास गरेर अहिलेका युवायुवतीहरु विदेश भन्ने बितिकै हुरुक्कै हुन्छन् जसले गर्दा उनीहरु सजिलै ठगीमा पर्ने गरेका छन्।’

उनका अनुसार विदेश जान पाउने आशकै कारण सजिलै विश्वास गरेर बैँकको खाता नम्बर दिने, मागेजति पैसा पठाइदिने गरिरहेका हुन्छन्। आफू ठगिरहेको छु भन्ने नै थाहा पाउँदैनन्।

अनलाइन व्यवसायलाई माध्यम बनाएर ठगी

हिजोआज सामाजिक सञ्जालमा अनलाइन व्यवसाय निकै फष्टाएको देखिन्छ। ठगी गर्नेहरुले अनलाइन व्यवसायलाई नै माध्यम बनाएर पनि लाखौं, करोडौं रुपैयाँ ठगी गरिरहेका छन्।

‘फेसबुकमा कुनै एउटा पेज बनाउने। त्यसमा अन्यत्र भन्दा सस्तोमा सामान देखाइदिने अनि बैँक ‘डिटेल’ लिएर पैसा ठग्ने गरेको पाइन्छ,’ उनी भन्छन्, ‘मानिसहरु सस्तोमा सामान पाउने सोचेर त्यो पेज आधिकारिक हो वा होइन भन्ने पनि हेर्दैनन् जसले गर्दा ठगीमा पर्छन्।’

उपहार जितेको भन्दै ठगी

ह्वाट्सएप, भाइबरजस्ता सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई उपहार जितेको भन्दै फोन गरेर करोडौँ रुपैयाँ ठगी गर्ने गरेको पाइन्छ ।

कोइराला भन्छन्, ‘प्रयोगकर्तालाई तपाईँले उपहार जित्नु भएको छ भनेर फोन गर्ने अनि उनीहरुलाई त्यसबापत कर बुझाउनुपर्ने भन्दै पैसा हाल्न लगाएर करोडौँ रुपैयाँ ठग्ने गरेको पाइन्छ।’

फेसबुक वा म्यासेन्जरबाट हुने ठगी कम्ति रकमको हुने गरे पनि यसरी उपहार जितेको भन्दै फोन गरेर ठगी गर्नेहरुले भने करोडौँ रुपैयाँसम्म ठगी गर्ने गरेको उनी बताउँछन्।

भारत बसेर नेपालमा ठगी

सामाजिक सञ्जाल ह्याक गरी ठगी गर्नेहरुले भने अधिकांश भारतमा बसेर ठगी गर्ने गरेका छन्। नेपालीहरुको खाता प्रयोग गरी भारत बसेर नै ठगी गरिरहेको कोइराला बताउँछन्। उनका अनुसार कोहीकोही नेपालीहरु पैसाको प्रलोभनमा परेर यस्ता घटनामा मुछिने गरेका छन्।

भारत बसेरै ठगी गर्ने भएकाले बास्तविक ठगी गर्ने व्यक्तिहरुसम्म पुग्न भने चुनौती रहेको उनी बताउँछन्।

जोगिन के गर्ने ?

सामाजिक सञ्जाल प्रयोग गरिरहँदा आफूसँग ‘फ्रेण्ड’ भएका व्यक्ति कस्ता हुन्, को हुन् जस्ता कुराहरु सधैं सम्झिनुपर्ने बताउँछन् प्रहरी उपरीक्षक कोइराला।

‘उपहार आयो भन्दैमा हामीले सजिलै विश्वास गरिहाल्नु हुँदैन,’ उनी भन्छन्, ‘यदि कसैले व्यक्तिगत विवरण लिँदैछ भने सधैँ चनाखो बन्नुपर्छ।’

व्यक्तिगत विवरण, फेसबुकको पासवर्ड साटासाट गर्ने जस्ता कार्यले पनि मानिसहरु ठगिइरहेका बताउँदै यस्ता कुराहरुमा ध्यान दिन जरुरी रहेको उनी बताउँछन्।

सामाजिक सञ्जाल ह्याक गरी मानिसहरुलाई मानसिक तथा शारिरीक यातना समेतदिने गरेका घटना पछिल्लो समय बढ्दै गएको छ।

फेसबुक ह्याक हुनेमा सर्वसाधारणदेखि उच्चपदस्थ ब्यक्तिहरु समेत पर्ने गरेका छन्।

यसरी ठगी गर्नेहरुलाई ठगी ऐन अनुसार कानुनी प्रक्रियामा ल्याइन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?