नेकपा एमाले रसुवाको बन्दसत्र सुरू, अध्यक्षमा दुई जनाको दावेदारी

नेकपा एमाले रसुवाको बन्दसत्र सुरू, अध्यक्षमा दुई जनाको दावेदारी
+
-

रसुवा – नेकपा एमाले रसुवाको बन्दसत्र सुरू भएको छ। नयाँ नेतृत्व चयनका लागि शुक्रबार सुरू भएको आठौँ जिल्ला अधिवेशनअन्तर्गत शनिबार दिउँसोदेखि बन्दसत्र सुरू भएको हो।

नेकपा एमाले रसुवाका प्रचार विभाग प्रमुख पेम्बा तामाङका अनुसार नयाँ नेतृत्व चयनका लागि पाँच सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ। माधव अर्यालको संयोजकत्वमा छोवाङ तेन्जिन तामाङ, कुलप्रसाद भट्ट, तेब्रेल तामाङ, सरिता लम्साल सदस्य रहने गरी निर्वाचन कमिटी गठन गरिएको हो। नयाँ नेतृत्व चयनका लागि निर्वाचन कमिटीले आवश्यक प्रक्रिया सुरू गरेको जनाएको छ।

नेकपा एमाले रसुवामा ९० सदस्यीय नयाँ कार्यसमिति चयन हुने भएको छ। अध्यक्षका लागि कन्र्याल तामाङ र अशोक घिमिरे दावेदार छन्। जिल्लाभरबाट पाँच सय ५६ जना प्रतिनिधि नयाँँ नेतृत्व चयनका लागि सहभागी छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष