सडक र खानेपानी नहुँदा ओझेलमा उदयपुरगढी

सडक र खानेपानी नहुँदा ओझेलमा उदयपुरगढी
+
-

उदयपुर – देशभरका एक सय पर्यटकीय गन्तव्यमध्ये उदयपुरगढी पनि पर्छ। तर, यहाँसम्म पुग्ने गुणस्तरीय सडक अभाव र खानेपानी नहुँदा जिल्लाभित्रैका पर्यटकको रोजाइमा समेत पर्न सकेको छैन्।

ऐतिहासिक तथा पुरात्वतिक महत्व भएका कारण सरकारले उदयपुरगढीलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले एक सय गन्तव्यभित्र पारेको थियो।

नेपालटार बजारको मदन भण्डारी लोकमार्गदेखि नौ किलोमिटर दुरीमा रहेको उदयपुरगढीसम्म जाने सडक निकै जिर्ण छ। सडक स्तरोउन्नति नहुँदा आन्तरिक तथा वाह्य पर्यटक सहजै आउन सक्दैनन्। सडक स्तरोन्नतिका लागि प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअन्तर्गत १ चैत ०७७ मा समझदारीपत्रमा हस्ताक्षर समेत भएको थियो। तर, उक्त समझदारी अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।

सामान्य प्रशासन मन्त्रालय, प्रदेश १ को भौतिक पुर्वाधार विकास मन्त्रालय र उदयपुरगढी गाउँपालिकाबीच नौ किलोमिटर सडक स्तरोउन्नति अर्थात कालोपत्रे गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर भएको थियो। तीन वटै तहको लागत सहभागीतामा निर्माण गर्ने गरी हस्ताक्षर भएको उदयपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले जानकारी दिए।

नेपालटारदेखि उदयपुरगढीको केन्द्र उदयपुरगढीसम्म नौ किलोमिटर सडक कालोपत्र गर्न करिब २७ करोड अनुमानित लागतको तयारी गरिएको थियो। जसमा गाउँपालिकाको तर्फबाट दुई करोड विनियोजन गरी सकेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए। त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भए बमोजिम तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममा नेपालटारदेखि उदयपुरगढीसम्म कालोपत्रे गर्ने योजना समावेश भएको थियो।

तर पछिल्लो सरकारले सरकारले ल्याएको पुरक बजेटमा नेपालटारदेखि उदयपुरगढीसम्मको कालोपत्रे योजनामा काटिएको छ। सरकारले चार वर्षअघि नै ०७८/०७९ सम्म सबै गाउँपालिका केन्द्रसम्म पुग्ने सडक उतरोउन्नति गरी कालोपत्रे गर्ने योजनाअघि सारेको थियो। तर, यहाँ उतरोउन्नतीका लागि परेको योजना समेत हटाइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए।

तत्कालीन बाइसे चौबिसे राज्यमा चौदण्डीगढी राज्य ९ हालको चौदण्डीगढी नगरपालिका–१० को सहायक मुकाम उदयपुरगढी थियो। पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा उदयपुरगढी कब्जा गरेर युद्धपोत स्थापना गरेको इतिहास रहेको बोधकुमार घिमिरे बताउँछन्। यहाँ २०२८ सालमै कच्ची सडक पुगिसके पनि सोही वर्ष सदरमुकाम गाईघाट सारेपछि बिरानो बन्दै गएको हो।

‘चारैतिरको भूभाग हेर्न, हिमाली र तराईका दृश्य देख्न पाइने ठाउँ गर्मीयाममा चिसो र शितल हुने हुँदा पर्यटकको रोजाइमा पर्दै आएको छ,’ उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले भने। २०२८ सालमा गाईघाट सदरमुकाम सार्नुअघि जिल्लाको प्रशासनिक र राजनीतिक केन्द्र उदयपुरगढी नै थियो। सदरमुकाम सरेपछि बसाई सर्ने क्रम बढेसँगै गढी बिरानो बन्दै गएको हो।

उदयपुरगढी गाउँपालिका–५ मा रहेको करिब दसई ५० वर्ष पुरानो गढीको भग्नावशेषलाई पुनर्जीवन दिने काम भइरहेको छ। पुरानो गढी, तत्कालीन सैनिक बंकर, कोतखाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त संरचनाको भग्नावशेषसहित पुनःनिर्माण गरिने गाउँपालिका अध्यक्षले बताए। गाउँपालिका मुकामदेखि एक किलोमिटर उत्तर–पश्चिममा रहेको पुरानो गढी पुनःसंरचनापछि यहाँ पर्यटकको आकर्षण बढ्ने अपेक्षा छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष