
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिड विजयी भएको छ ।
घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई ४–१ ले विजयी भएको हो । रियल मड्रिडका लागि करिम बेन्जिमाले ४३ र ८८ औँ मिनेटमा गोल गरे ।
पहिलो गोल उनले पेनाल्टी मार्फत गरेका हुन् । यस्तै भिनिसियस जुनियरले दुई गोल गरे । उनले ५२ र ६१ औँ मिनेटमा गोल गरे ।
भ्यालेन्सियाका लागि ७६ औँ मिनेटमा गोन्कालो गुएडेसले गोल गरेका हुन् । जितपछि शीर्ष स्थानको रियल मड्रिडको २१ खेलबाट ४९ अंक भएको छ ।
अरु खेलमा रियल सोसिडाडले सेल्टा डी भिगोलाई १–० र लेभान्टेले मालोर्कालाई २–० ले पराजित गरेका छन् ।