भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ अध्यक्षमा मानन्धर

भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ अध्यक्षमा मानन्धर
+
-

भक्तपुर – भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको अध्यक्षमा गंगाराम मानन्धर र्निविरोध निर्वाचित भएका छन्। संघ शनिबार सम्पन्न १२औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

जसअनुसार तीन उपाध्यक्षमा रामगोपाल सुवाल, रूकेश रञ्जित र चन्द्र श्रेष्ठ, महासचिवमा रामप्रसाद खर्बुजा, सचिव अल्बर्ट बज्राचार्य, कोषाध्यक्षमा श्याम दुवाल र सह–कोषाध्यक्षमा बुद्धिकुमार मुस्याख्व निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरूमा शिवराम वैद्य, श्यामसुन्दर नगरकोटी, अर्जुन गोपाल धौभडेल, विश्वराम खर्बुजा र राकेश प्रजापति निर्विरोध भए।

यस्तै भक्तपुर मोबाइल व्यवसायी संघको अध्यक्षमा श्यामसुन्दर नगरकोटी निर्वाचित भएका छन्। संघको प्रथम साधारणसभाले उपाध्यक्षमा होमप्रसाद बजगाई, सचिवमा विमल गोले तामाङ र कोषाध्यक्षमा लवकृष्ण श्रेष्ठलाई चयन गरेको हो।

संघका सदस्यहरुमा रविन लामा, रोशन अधिकारी, आकाश गिरी, रामगोपाल ख्वालापाला, रोशन श्रेष्ठ, कृष्णचन्द्र कर्माचार्य, डेनिस दुवाल, दीपेश श्रेष्ठ र रमेश खायमली सर्वसम्मत निर्वाचित भएका छन्।

भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको १२औं वार्षिक साधरणसभा तथा छैठौँ अधिवेशन र भक्तपुर मोबाइल व्यवसाय संघको प्रथम अधिवेशनको उद्घाटन नेपाली चलचित्रकी वरिष्ठ कलाकार करिस्मा मानन्धरले गरेकी थिइन्।

उक्त अवसरमा कलाकार मानन्धरले आफूले कला क्षेत्र सँगसँगै व्यवसाय पनि सञ्चालन गर्दै आएको बताइन्। सबैले आत्मनिर्भर हुन कुनै न कुनै व्यवसाय गर्नुपर्नेमा उनले जोड दिइन्।

उनले सबै व्यवसायीहरु एकजुट भएर व्यवसायमा लागे सफल हुन सकिने धारणा राखिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?