सार्वजनिक लेखा समितिमा सांसद मोदीको गभर्नरमाथि आरोप

सार्वजनिक लेखा समितिमा सांसद मोदीको गभर्नरमाथि आरोप
+
-

काठमाडौँ – सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) सांसद अमनलाल मोदीले गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री जनार्दन शर्मालाई असफल बनाउन लागिपरेको आरोप लगाएका छन्।

सांसद मोदीले विभिन्न समाचार माध्यममा आएको समाचारलाई उद्धृत गर्दै गभर्नर अधिकारीले आफ्नो पार्टीका नेतासमेत रहेका अर्थमन्त्री शर्मालाई असफल बनाउन प्रयास गरिरहेको बताए। सिंहदरवारमा आइतबार आयोजित सार्वजनिक लेखा समितिको बैठकमा उनले माओवादीबाट मन्त्री बनेका शर्माले राम्रो काम गर्ने देखेपछि त्यसलाई असफल बनाउन राष्ट्र बैंकले खोजेको समाचार बाहिर आएको भन्दै सत्य के हो ? भनी गभर्नर अधिकारीसँग प्रश्न गरे।

उनले भने, ‘ठूलाबडाले बैंकबाट ऋण पाइरहने, सर्वसाधारणले ऋण नपाउने जुन स्थिति छ। त्यसलाई कसरी घटाउने? जो खाडल छ। तलसम्म बैंक जाने कुरामा कसरी सोच्नुभएको छ? अर्को एउटा पनि हल्ला छ। विभिन्न समाचार माध्यमबाट समाचार पनि आउने गरेका छन्। तपाईंहरूको ट्युनिङ पनि मिलिराखेको छैन। राष्ट्र बैंक, त्यसमा अर्थ मन्त्रालय, हामी त माओवादीको कार्यकर्ता। त्यसो भन्दाखेरी हाम्रो पार्टीका नेता मन्त्री। माओवादीको मन्त्रीले राम्रो काम गर्छ। उसलाई कसरी असफल बनाउने ? भनेर खोजिराख्नुभएको छ भन्ने पनि न्युजमा, यहाँ, त्यहाँ सुनिराख्या छौं। यसलाई कसरी सोच्नुभएको छ? बजारमा त्यो पनि हल्ला छ। तपार्इंहरूका ट्युनिङ नमिलिसकेपछि विभिन्न राजनीतिक दृष्टिले पनि हो कि ? के हो ? यसबारे पनि एउटाचाहिँ आइरहेको छ।’

सांसद मोदीले पहुँचवालालाई बैठकले ऋण दिने तर सर्वसाधारणलाई नदिने अवस्था आएको भन्दै आक्रोशसमेत व्यक्त गरे। यता, जवाफमा गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई असफल बनाउन आफू लागेको भन्ने सांसद मोदीको भनाइ गलत भएको बताए।

उनले ब्युरोक्रेट्सले, संस्था चलाउनुपर्ने व्यक्तिले त्यस्तो खालको सोच कहिल्यै नराख्ने तर्कसमेत गरे। गभर्नर अधिकारीले अर्थ मन्त्रालय र आफूबीच हरेक काममा तादाम्यता नहुने भन्ने कुरै नहुने बताए।

उनले भने, ‘माननीय मोदीजीले उठाउनुभएको थियो–अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच सम्पर्क आदिइत्यादि केही हो कि भनेर। म त्यसमा चाहीँ निवेदन गर्न चाहन्छु–हामी ब्युरोक्रेट्स, संस्था सञ्चालन गर्नुपर्ने व्यक्तिले कहिल्यै पनि त्यस्तो खालको सोच राख्दैनौं। कहिलेकाहीँ आउँछ–यो बीचमा मिडियाकर्मीले कहीँ–कतै लेखेको पनि देख्छौं। तर, त्यस्तो कहीँ पनि हुँदैन। संस्थालाई कसरी हुन्छ, सिस्टमलाई कसरी हुन्छ? आफ्नो पोलिसीलाई कसरी हुन्छ ? इफेक्टिभली लैजाने हो। सोचाइ, जसले लेखिराख्नुभएको छ, फरक हुनु बेग्लै हो। तर, हामीले समग्र सिस्टमलाई अगाडि बढाउन गरिएका कामको चाहिँ सही किसिमले बताउन नसकेर पनि होला। तर, त्यो खोलको भिन्नता भने काममा तादम्यता नहुने भन्ने विषय नै हुँदैन।’ गभर्नर अधिकारीले आफूहरूले बुझाउन नसकेका कारण पनि मिडियाले मन्त्री शर्मा र आफूबीच मतभेद रहेको भनेर गलत समाचार बनाएको दाबी गरे।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष