भक्तपुरमा विद्यार्थी तथा बालबालिकालाई खोप दिन सुरु

भक्तपुरमा विद्यार्थी तथा बालबालिकालाई खोप दिन सुरु
+
-

भक्तपुर – जिल्लामा विद्यालय जाने विद्यार्थी तथा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको छ। जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए।

उनका अनुसार आइतबारदेखि सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा खाेप अभियान सुरु गरिएकाे हाे। त्यस्तै साेमबारदेखि मध्यपुर थिमि नगरपालिका र मंगलबारदेखि भक्तपुर नगरपालिका क्षेत्रमा खोप अभियान सञ्चालन गरिने उनले जानकारी दिए।

विद्यार्थी तथा बालबालिकालाई मोडर्ना खोप लगाउन थालिएको हो। कार्यालयले पठनपाठन सञ्चालन भएका विद्यालय र विद्यालय नजिक रहेका स्वास्थ्य चौकीमार्फत खोप दिन सुरु गरेको छ। कार्यालय प्रमुख मिजारका अनुसार २५० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर खोप दिन थालिएको र त्योभन्दा कम सङ्ख्या भएका विद्यालयको हकमा भने नजिकैको अर्को विद्यालयमा खोप केन्द्र सञ्चालन गरिएको छ।

विद्यालयमा जाडो बिदा भएर पठनपाठन बन्द भएको तथा परीक्षा सञ्चालन भइरहेको अवस्थामा भने नजिकैको स्वास्थ्यचौकीमा गएर खोप लगाउन सकिने व्यवस्था गरिएको छ। एक पालिकामा कम्तीमा तीन दिन खोप अभियान सञ्चालन गरिने छ। तीन दिनमा नसकिए केही दिन थप गरेर भए पनि सबै बालबालिकालाई खोप दिने गरी अभियान सुरु भएको हो।

चाँगुनारायण र सूर्यविनायकका विद्यालयमा हिजोदेखि नै खोप अभियान सुरु भएपछि विद्यार्थीको उल्लेख्य सहभागिता रहेको विद्यालय सञ्चालकले बताए। आफ्ना विद्यालयका विद्यार्थीलाई विद्यालय आफैले नेतृत्व गर्दै खोप केन्द्रसम्म पुर्‍याएर खोप दिलाउने व्यवस्था गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?