स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै पार्टी गतिविधि गर्न अध्यक्ष नेपालको निर्देशन

स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै पार्टी गतिविधि गर्न अध्यक्ष नेपालको निर्देशन
+
-

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै पार्टीका गतिविधि गर्न निर्देशन दिएका छन्।

सोमबार सार्वजनिक रुपमा विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले स्वास्थ्य मन्त्रालयले निर्धारण गरेका मापदण्डलाई कडाइका साथ पालना गरेर मात्रै पार्टीका भेला, बैठक, प्रशिक्षण जस्ता गतिविधि गर्न निर्देशन दिएका हुन्।

पछिल्ला दिनमा कोरोनाको संक्रमणमा बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

अध्यक्ष नेपालले भनेका छन्, ‘हाम्रो पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा सहभागी हुदा न्युनतम स्वास्थ्य मापदण्ड पालना गर्न जस्तैः थर्मल गनको प्रयोग गरी तापक्रम मापन गर्न, नाक, मुख र चिउडो छोपिने गरी माक्सको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गर्न र भौतिक दूरी कायम राख्न सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन गरिन्छ।’

उनले कोरानाको खोप लगाउन समेत अपिल गरेका छन्। ‘एक पटक पनि कोराना भाइरस विरुद्धको खोप नलगाएका १८ वर्ष माथिका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउनुहुन हार्दिक अनुरोध गर्दछु, अध्यक्ष नेपालले भनेका छन्,

‘साथै त्यसका लागि आवश्यक सहयोग गर्न र खोप लगाउन उत्प्रेरित गर्न सम्पूर्ण पार्टी पक्ति परिचालित हुन निर्देशन गरिन्छ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष