बहुउद्देश्यीय संघका साधारण सभा रोक्न अदालतको अन्तरिम आदेश

बहुउद्देश्यीय संघका साधारण सभा रोक्न अदालतको अन्तरिम आदेश
+
-

ललितपुर – जिल्ला अदालत ललितपुरले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको ९औं साधारण सभा स्थगित गर्न आदेश दिएको छ। संघका सचिव माधवप्रसाद तिमल्सिनाले उपाध्यक्ष र केही पदाधिकारीहरुको बैठकले गरेको निर्णयको हवाला दिँदै २९ गते साधारण सभा गर्ने घोषणा गरेका थिए।

उनले बुधबार बिहान पत्रकार सम्मेलन आयोजना गरी साधारण सभा गर्ने बताएका थिए। संघको नियम विपरीत साधारणसभा आयोजना गर्न लागेपछि जिल्ला अदालतले सो साधारण सभा हाललाई नगर्न अन्तरिम आदेश दिएको हो।

आदेशपछि सचिव तिमल्सिनालगायतको समूहले गर्ने भनेको साधारण सभा स्थगित भएको छ। न्यायाधीश चुरामन खड्काको एकल इजलासले साधारण सभामा २८ वटा थप संस्थालाई सहभागी गराउने सम्बन्धमा त्यसरी थप सदस्यता प्रदान गर्नबाट रोक लगाउनेलगायत विषय उल्लेख गरी सहकारी विभागमा उजुरी परी त्यसको निर्णय नभएको अवस्थामा र सदस्य संख्या नै विवादित भएको अवस्थामा सो साधारणसभा गर्नु उचित नदेखिएको आदेशमा उल्लेख छ।

कोभिड संक्रमण तीव्र गतिमा फैलिएको अवस्थालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म २५ जना भन्दा बढी भेला गर्न समेत रोक लगाएको अवस्थामा संघको साधारणसभा हाललाई नगर्नु, आदेशमा भनिएको छ।

संघका अध्यक्ष भण्डारीले सदस्यताको विषयमा टुंगो लगाउन बाँकी रहेको र कोभिड महामारीको अवस्थामा साधारणसभा गर्न उचित नभएको जानकारी गराउँदै सूचना जारी गरेको अवस्थामा एकपक्षीय रूपमा साधारणसभा गर्न लागेपछि अदालतले अन्तरिम आदेश दिएको उल्लेख उल्लेख गरेका छन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष