पीएम कप : विक्रमको उत्कृष्ट प्रदर्शनसँगै आर्मीको दोस्रो जीत

पीएम कप : विक्रमको उत्कृष्ट प्रदर्शनसँगै आर्मीको दोस्रो जीत
+
-

काठमाडौँ – विक्रम सोबको उत्कृष्ट प्रदर्शन प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा दोस्रो जीत निकालेको छ।

शुक्रबार मुलपानीको माथिल्लो मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाइ ३ विकेटले पराजित गर्दै आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको हो।

११६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२० रन बनाएको हो। आर्मीका हरि चौहानले सर्वाधिक ३३ रन बनाए। चार चौका हिर्काएका हरिले ३९ बल खेलेका थिए।

यस्तै विक्रम सोबले २९ रन बनाए। २२ बलको सामना गरेका विक्रमले एक चौका र दुई छक्का प्रहार गरे। यस्तै भीम सार्कीले १३ रन बनाउँदा शाहब आलमले १२ तथा कुशल मल्लले ११ रन बनाए।

सुदूरपश्चिमका आदित्य महताले चार विकेट लिए। चार ओभर बलिङ गरेका आदित्यले १४ रन खर्चिए । यस्तै हेमन्त धामी, नारायण जोशी र शेर मल्लले समान एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो।

सुदूरपश्चिमको लागि खडक बोहराले सर्वाधिक ३७ रन बनाए। यस्तै वसन्त कार्कीले ३४ रन बनाउँदा विकेट किपरसमेत रहेका अर्जुन साउदले १५ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंक बनाउँन सकेनन्।

सुदूरपश्चिमका दुई खेलाडी शून्यमा आउट भएका थिए। सुदूरपश्चिमलाई सस्तैमा समेट्न आर्मीका विक्रम सोबले सर्वाधिक ६ विकेट लिए। चार ओभर बलिङ गरेका विक्रमले आठ रनमात्रै खर्चिएका थिए।

यस्तै कुशल मल्ल, शाहब आलम र हरि चौहानले समान १-१ विकेट लिए। जीतसँगै आर्मीले दोस्रो स्थानमा रहँदै सेमिफाइनल सम्भावना कायम राखेको छ। आर्मीको तीन खेलबाट ५ अंक रहेको छ।

यता सुदूरपश्चिमको भने तीन खेलबाट दुई अंक रहको छ र तेस्रो स्थानमा छ । समूह ‘ए’ मा तीन खेलमा शत प्रतिशत जीतसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहँदै एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष