कोभिड बिरामी बढेपछि भरतपुर अस्पतालले भन्यो – सामान्य प्रकृतिका बिरामी नआउनू

कोभिड बिरामी बढेपछि भरतपुर अस्पतालले भन्यो – सामान्य प्रकृतिका बिरामी नआउनू
+
-

चितवन – चितवनको केन्द्रीयस्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले कोभिड–१९ संक्रमणको उच्च प्रकोप देखिएको बताएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी अस्पतालमा एकअर्कामा संक्रमण फैलन सक्ने सम्भावना बढेकाले सामान्य प्रकृतिका बिरामी केही पछि आउन उपयुक्त हुने बताएका छन्।

अस्पतालमा २९ पुसमा १७२ जनाले कोभिड परीक्षण गराएकोमा ९५ जनामा (५५ प्रतिशत) संक्रमण देखिएको थियो। ३० गते १८६ जनाले कोभिड परीक्षण गराएकोमा ११५ जना (६१.२५ प्रतिशत) मा कोभिड पुष्टि भएको पौडेलले बताए।

‘यो कोभिड–१९ संक्रमणको उच्च प्रकोप हो। काठमाडौँको त्रिवि टिचिङ र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि उच्च संख्यामा संक्रमित भएको तथ्यांकले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलिन सक्ने सम्भावना बढ्दै गएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ।

सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका बिरामीले अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुने अस्पतालले बताएको छ।

तत्कालै अस्पताल पुग्नुपर्ने बिरामी र बिरामी कुरुवाले पनि हेलचेक्राई नगरी जनस्वास्थ्यका मापदण्ड (सही तरिकाले मास्क लगाउने, दुई मिटरको भौतिक दुरी कायम गर्ने र बारम्बार हात धुने) पालना गर्न अस्पतालले आग्रह गरेको छ। -न्युज कारखाना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?