गण्डकी प्रदेशलाई हराउँदै बागमती पीएम कप क्रिकेटको सेमिफाइनलमा

गण्डकी प्रदेशलाई हराउँदै बागमती पीएम कप क्रिकेटको सेमिफाइनलमा
+
-

काठमाडौँ– गण्डकी प्रदेशमाथि ४० रनको जित निकाल्दै बागमती प्रदेश प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

टियु मैदानमा बागमतीले दिएको १४४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०३ रनमात्र जोड्न सक्यो।

गण्डकीका कमल परियारले सर्वाधिक ११ रन जोडे। यसबाहेक विधान श्रेष्ठ, दीपक डुम्रे, सन्दीप क्षेत्री, गोविन्द विक र कप्तान विशाल पौडेलले समान १० रन जोडे।

बागमतीका नन्दन यादव, विपिन आचार्य र सुवास खत्रीले समान दुई विकेट लिए। यस्तै रिन ढकाल, प्रतिश जिसी र रामनरेश गिरीले समान एक विकेट हात पारे।

यसअघि टस जितेर ब्याटिङमा आएको बागमतीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रनको योगफल तयार गरेको थियो।

बागमतीका विपिन आर्चायले सर्वाधिक ३० रन बनाएका थिए। विपिनले १९ बलमा तीन चौका प्रहार गरे। त्यस्तै सुवास खकुरेल र प्रतिश जिसीले सामान २७ रन जोड्दा लक्की कठायतले टोलीको खातामा १७ रन थपेका थिए।

गण्डकीका कृष्ण पौडेल र विशाल पौडेलले समान दुई विकेट लिए। यस्तै अशोक श्रेष्ठ, सुभास भण्डारी र कमल परियारले एकरएक विकेट हात पारेका थिए।

बागमतीले समूह ‘बी’ को उपविजेता रूपमा सेमिफाइनलमा स्थान बनाएको हो। बागमतीले चार खेलमध्ये तीनमा जित र एकमा हारको नतिजासहित ६ अंक जोड्यो।

तीन खेल खेल्दासम्म अंकविहीन रहेको कर्णाली तालिकाको पुछारमा छ। यसअघि नेपाल पुलिस र एपीएफ क्लब सेमिफाइनलमा पुगिसकेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष