‘ए’ डिभिजन लिगः संकटालाई हराउँदै थ्री स्टार चौथो स्थानमा उक्लियो

‘ए’ डिभिजन लिगः संकटालाई हराउँदै थ्री स्टार चौथो स्थानमा उक्लियो
+
-

काठमाडौँ– वैकल्पिक खेलाडी विजय भुजेलले अन्तिम समयमा गरेको निर्णायक गोलमा थ्री स्टार क्लब विजयी हुँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ।

शनिबार सम्पन्न दिनको दोस्रो खेलको ९० मिनेटको इन्जुरी समयमा विजयले गोल गर्दा संकटाको अपराजित यात्रा समेत टुंगियो।

विजयले राफेल रिमको पासमा सदुपयोग गरे। जितसँगै थ्रीस्टारको ९ खेलबाट १६ अंक बनाउँदै शीर्ष चारमा उक्लियो। संकटा भने १४ अंकसहित पाचौं स्थानमा झर्‍यो।

यसअघि दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दोस्रो मिनेटमा थ्री स्टारका सन्जोक राईले पेनाल्टी एरियाको एजबाट गरेको प्रहार फ्रेममा परेन।

चौथो मिनेटमा थ्री स्टारले अग्रता लिने अवसर गुमाएको थियो। डिफेन्डर निशान खड्काले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार सिधै संकटाका गोलकिपर राजाबाबु थापाको हातमा परेको थियो।

थ्री स्टारका घनेफोले छैठौं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहारमा संकटाका कप्तान रवि सिलवाल बाधक बने। सातौं मिनेटमा संकटाका फरवार्ड फोडे फोफानाले पेनाल्टी एरियाबाट गरेको प्रहार स्टारका गोलकिपर प्रिसोले बचाए।

त्यसको एक मिनेट नबित्दै लक्ष्मण रुचालले ६ यार्ड बक्स अगाडीबाट गरेको प्रहार क्रसबारमाथिबाट बाहिरिएको थियो। २२औं मिनेटमा राफाएल रिमले फ्रिकिममार्फत गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो।

३४औं मिनेटमा लक्ष्मण रुचालको पासमा ओलुवासोगो ग्लोरीले ६ यार्ड बक्स अगाडिबाट गरेको प्रहार प्रिसोले उत्कृष्ट बचाउ गरे।

पहिलो हाफको इन्जुरी समयमा थ्री स्टारका निसान खड्काको क्रसमा सन्जोग राईले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार फ्रेममा परेन। आइतबार लिगमा दुई खेल हुनेछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष