
अफ्रिका कप अफ नेशन्स अन्तर्गत शुक्रबार राति भएको खेलमा इजिप्ट विजयी भएको छ । इजिप्टले गिनी–बिसाउलाई १–० ले पराजित गरेको हो ।
इजिप्टको जितमा ६९ औँ मिनेटमा मोहम्मद सालहले गरेको गोल नै निर्णायक बन्यो । समूह डी मा रहेको इजिप्टले दोस्रो खेलमा पहिलो जित निकालेर तीन अंकसहित दोस्रो स्थानमा छ ।
यस्तै शनिबार राति भएको अर्को खेलमा नाइजेरियाले सुडानलाई ३–१ ले पराजित गरेको छ । लगातार दुई जित निकालेको नाइजेरिया ६ अंकसहित नाइजेरिया समूहको शीर्ष स्थानमा छ ।