
अफ्रिका कप अफ नेशन्स अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता अल्जेरिया पराजित भएको छ ।
समूह ई अन्तर्गतको खेलमा अल्जेरिया इक्वेटोरियल गिनीसँग १–० ले पराजित भएको हो । इक्वेटोरियल गिनीको जितमा ७० औँ मिनेटमा ओरोज्को फेर्नान्डेज ओबिएङ ओबोनोले गरेको गोल नै निर्णायक बन्यो ।
समूह चरणको पहिलो खेलमा बराबरी गरेको रियाद महरेज कप्तानीको अल्जेरिया दोस्रो खेलमा पराजित भएपछि एक अंकसहित समूहको पुछारमा छ ।
क्यामरुनमा जारी प्रतियोगितामा अन्तिम १६ मा पुग्ने सम्भावना जीवित राख्नका लागि समूह चरणको आफ्नो अन्तिम खेलमा अल्जेरियाले आइभरी कोस्टलाई पराजित गर्नु पर्ने हुन्छ ।
आइतबार राति नै भएको खेलमा सिएरालियोनसँग २–२ को बराबरी खेलेको आइभरीकोस्ट चार अंकसहित समूहको शीर्ष स्थानमा छ । तीन अंकसहित इक्वेटोरियल गिनी दोस्रो तथा दुई अंक भएको सिएरा लियोन तेस्रो स्थानमा छ ।
आइतबार राति भएको समूह एफ अन्तर्गको खेलमा ट्युनिसियाले मौरिटानियालाई ४–० ले पराजित गर्दा गाम्बिया र मालीले १–१ को बराबरी खेलेका छन् ।