अस्ट्रेलियाबाट निष्काशनमा परे जोकोविच

अस्ट्रेलियाबाट निष्काशनमा परे जोकोविच
+
-

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोविच अस्ट्रेलियाबाट निष्काशनमा परेका छन्। भिसाका लागि दायर मुद्दामा पराजित भएपछि जोकोविचलाई अस्ट्रेलियाका सीमा सुरक्षा अधिकारीले देश निकाला गरेका हुन्। जोकोविच अस्ट्रेलियाबाट दुबईको फ्लाइटमा गएका हुन्।

अस्ट्रेलिया सरकारले उनको भिसा रद्द गरेको थियो, त्यसविरुद्ध जोकोविचले अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले आइतबार जोकोविचको विपक्षमा फैसला गरेको हो।

कोरोना भाइरसविरुद्धको खोप नलाएका जोकोविचको भिसा अस्ट्रेलिया सरकारले स्वास्थ्य मापदण्डका आधारमा रद्द गरेको थियो। अदालतको फैसलासँगै ३४ वर्षका जोकोविचको अस्ट्रेलियन ओपन टेनिसको उपाधि रक्षा गर्ने र कीर्तिमानी २१ औँ ग्राण्डसलाम उपाधि जित्ने सपना टुटेको छ।

यसअघि जोकोविचले पहिलो पटक भिसा रद्द हुँदा पनि अदालतको ढोका ढक्ढक्याएका थिए। त्यसमा उनको पक्षमा फैसला भएको थियो।
जोकोविचले कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि पनि आफू आइसोलेसनमा नबसी नियम मिचेको स्वीकार गरेका थिए।

गएको महिना (डिसेम्बर) मा उनी कोरोना भाइरसबाट संक्रमित भएको अस्ट्रेलियाको अदालतमा उनले पेश गरेको कागजातबाट खुलेको छ। उनी डिसेम्बर १६ मा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको थियो। तर त्यसपछि पनि उनी सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए।

अस्ट्रेलियन ओपन टेनिसका लागि पुगेका उनलाई विमानस्थलमा सीमा सुरक्षा अधिकारीले रोकेर भिसा रद्द गरेका थिए। तर त्यसपछि अदालत गएका उनले मुद्दा जिते तर अस्ट्रेलियाका विभागीय मन्त्रीले जोकोविचको भिसा रद्द गरे।

जोकोविचले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन् र उनी खोपको विपक्षमा रहँदै आएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष