एपीएफ क्लबद्वारा प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेटको उपाधि कब्जा

एपीएफ क्लबद्वारा प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेटको उपाधि कब्जा
+
-

काठमाडौ‌ँ – विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री ९पीएम० कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा बुधबार टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै उपाधि जितेको हो।

एपीएफले दिएको १५८ रनको विजय लक्ष्य पछ्याउने क्रममा प्रहरी निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रनमा समेटिएको थियो। विजेता एपीएफले उपाधिसँगै पाँच लाख नगद पुरस्कार हात पारेको छ। उपविजेतामा चित्त बुझाएको पुलिसले तीन लाख रुपैयाँ पायो।

दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे पनि पुलिसले फाइनलसम्म आफ्नो अपराजित यात्रा कायम राख्न सकेन।  पुलिसका लागि दीपेन्द्रले सर्वाधिक ६५ रन बनाए। त्यस्तै दिलीप नाथले २३ रन बनाउँदा अनिल शाह १० रन र आरिफ शेखले १२ रन बनाए।

एपीएफका किशोर महत्तोले सर्वाधिक तीन विकेट लिए। अविनाश बोहरा, अमर रौटेला र दीपक बोहाराले समान १-१ विकेट लिए।

यसअघि एपीएफले निर्धारित २० ओभरमा एक बल बाँकी रहँदा सबै विकेट गुमाएर १५८ रनको योगफल तयार पार्‍यो। एपीएपका लागि अमरसिंह राउटेलाले सर्वाधिक २९ रनको योगदान गरे।

त्यस्तै लोकेश बमले २७ रन बनाउँदा सन्दीप जोराले २४, भुवन कार्कीले २७ रनको योगदान गरे।

पुलिसको वलिङमा दिपेन्द्रसिंह ऐरी र सागर ढकालले सर्वाधिक ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। यस्तै गुलसन झाले दुई विकेट लिए भने योगेन्द्रसिंह कार्की र आरिफ शेखले एक-एक विकेट लिए।

दुवै टोलीले यसअघिका सबै खेलमा अपराजित रहँदै फाइनल यात्रा तय गरेका थिए। १६ पुसदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ र ‘बी’ मा तीन विभागीय र सात प्रदेश गरेर १० टोलीको सहभागिता थियो।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष